ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीको बजेट खर्च ६५ प्रतिशत भन्दा कम


abc news

काठमाठौ २७ असार । कर्णाली प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८१र८२ मा विनियोजित बजेटको ६४।८२ प्रतिशतमात्रै खर्च गरेको छ। चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको थियो। यसमध्ये २० अर्ब ३५ करोड ९५ लाख ८९ हजार अर्थात् ६४।८२ प्रतिशतमात्रै खर्च भएको हो। यस वर्ष प्रदेश सरकारले खर्च गर्न नसकेका कारण ११ अर्ब ५ करोड ४ लाख ५१ हजार रकम फ्रिज गएको छ।

प्रदेश लेखा नियन्त्रक रत्नप्रसाद सुुवेदीले सरकारले चालुतर्फ ९ अर्ब ३४ करोड ५० लाख ४८ अर्थात् ७५।५२ प्रतिशत बजेट खर्च गरेको जानकारी दिए। उनकाअनुसार पुँजीगततर्फ ११ अर्ब १ करोड ४५ लाख ४० हजार अर्थात् ५८।६३ प्रतिशत खर्च भएको छ।

कर्णालीमा हरेक वर्ष अध्ययनबिना बजेट विनियोजन गर्ने चलनले पनि पुँजीगततर्फको विकास बजेट खर्च हुन नसकेको सरोकारवालाहरुको भनाइ छ। प्रदेश सरकार गठन भएको ८ बर्ष बितिसकेको छ। तर, कर्णालीमा विगत ८ वटै आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था कमजोर छ। आर्थिक वर्ष २०७४र०७५ देखि गत आर्थिक वर्ष २०८०र०८१ सम्मको बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको हो।

कुन मन्त्रालयको कतिररु
प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार मन्त्रालय अन्तर्गत छुट्याइएको कुल बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ५७।४१ प्रतिशत मात्रै खर्च गरेको छ। यस मन्त्रालयमा चालु आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड बजेट थियो।

यस्तै, जलस्रोत तथा ऊर्जा मन्त्रालयले ७९।५४ प्रतिशत विकास खर्च गरेको छ। कर्णाली प्रदेशका अन्य मन्त्रालयहरु भन्दा केही हदसम्म यस मन्त्रालयले विकासमा सुधार ल्याएको देखिन्छ। आर्थिक वर्ष २०८१र०८२ लागि दुई अर्ब ८६ करोड बजेट थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com