ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठक सिंहदरबारमा, १६ विषय प्रस्तुत


abc news

काठमाठौ २७ असार । देशको समष्टिगत आर्थिक परिसूचकको अवस्था, प्रवृत्ति, सार्वजनिक वित्त परिचालनको अवस्था, राष्ट्रिय गौरवका आयोजनको प्रगति स्थिति समस्या र समाधानको विषयमा छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी रहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा शिवराज अधिकारीले १६ वटा विषयहरु बैठकमा प्रस्तुत गरेका छन्।

जसमा विकासको प्रारुप मोडल परिवर्तन, मध्यमकालीन खर्च संरचना, अतिकम विकसित देशबाट स्तरोन्नति,राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, पूर्वाधार निर्माण,शिक्षा, सीप विकास, क्षमता विकास,वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण,स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य सम्बन्धी औषधी तथा उपकरण खरिद, पर्यटन, कूटनीतिक नियोगको घरजग्गा खरिद, बहस पैरवी तथा कानुनी प्रतिरक्षा गर्ने व्यवस्था, जनशक्ति व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह, राष्ट्रिय विकास समस्या समाधान समितिको निर्णय कार्यान्वयन लगायतका विषयहरु प्रस्तुत गरिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सामाजिक तथा पूर्वाधार विकासको अद्यावधिक अवस्था, दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नती सम्बन्धी अद्यावधिक स्थिति, राष्ट्रिय गौरवका आयोजना र पहिलो प्राथमिकताका आयोजनाको प्रगति स्थिति, प्रदेशहरुको समष्टिगत आर्थिक अवस्था राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका निर्णय कार्यान्वयन बारे प्रस्तुतीकरण गरेका थिए।

बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सहरी विकासमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री रघुजी पन्त लगायत सबै मन्त्रीहरु, प्रदेश मुख्यमन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, मुख्यसचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु र विशिष्ट श्रेणीका कर्मचारीहरुको उपस्थिति रहेको छ।

अहिले प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो भनाइ राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com