ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो


abc news

काठमाठौ २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आर्थिक वर्ष २०७६र७७ मा हाइ कम्प्युट इन्फ्रास्ट्रक्चरसम्बन्धी योजनामा आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा मिलेमतो गरी १५ करोड ८८ लाख रूपैयाँ भ्रष्टाचार गरेको उनीमाथि अभियोग छ।

पौडेलले गुरुयोजना नै तयार नगरी मिलेमतोमा स्पेसिफिकेसन तयार गरेको र ३० करोड ९९ लाख ९९ हजार भ्याटसहित लागत अनुमान गरी बोलपत्र आह्‍वान गरेको अनुसन्धानबाट फेला परेको छ।

उनले कान्तिपथस्थित वर्ल्ड डिस्ट्रिब्युसन नेपालको भ्याटसहित ३० करोड ६५ लाख ५५ हजार को बोलपत्र स्वीकृत गरी २०७६ माघ १५ गते खरिद सम्झौता गरेका थिए।

अख्तियारका अनुसार, यस प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलका साथै निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठको मिलोमतो देखिएको छ।

निर्धारित सर्त तथा मापदण्डविपरीत गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरेको उनीहरूमाथि मुख्य अभियोग छ। यस क्रममा उनीहरूले झुटा कागजातहरू पनि पेस गरेको र अस्वाभाविक मूल्य कायम गरेको भेटिएको छ।

सुनील पछिल्लोपल्ट दूरसञ्चार प्राधिकरणमा प्रबन्ध निर्देशक थिए। भ्रष्टाचार मुद्दाका कारण उनी निलम्बनमा परेका हुन्।

उनीविरुद्ध दायर भएको यो पाँचौँ भ्रष्टाटार मुद्दा हो।

उनले विदेशका विभिन्न बैंकहरूमा ठेकेदारहरूबाट घुस खाने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com