काठमाठौ २७ असार । राष्ट्र बैंकले हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्गआसपासका होटल तथा रेस्टुराँ र मुख्यबजार आसपासका उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने गरी मौद्रिक नीतिमा व्यवस्था गरेको छ।
हुलाकी राजमार्ग तथा मध्य–पहाडी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण लोगो संकेत० लिएका होटल तथा रेष्टुरेन्ट र राजमार्गरलोकमार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायहरूलाई प्रवद्र्धन गर्न उक्त क्षेत्रका उद्योग व्यवसायीहरूलाई प्रवाह हुने कर्जामा सहज व्यवस्था गर्ने भएको हो।
यसअनुसार ३ करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइने भएको छ।
यस्तो कर्जामा आधार दरमा बढीमा २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी कर्जा प्रवाह हुने व्यवस्था मिलाइने राष्ट्र बैंकले उल्लेख गरेको छ।








प्रतिक्रिया दिनुहोस्