काठमाठौ २७ असार । अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनको लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ नाफिज०को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति सम्बन्धीअन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट मार्फत नेपालको उर्जा खपत बढाउनको लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरिएको बताए।
मन्त्री पौडेलले आफूले करका नीति र करका दरमा स्थिर नीति लिएको पनि जानकारी दिए। अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयनमा समेत आफू जिम्मेवारी रहेको बताए।
बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि आफूले स्पष्ट पारेसँगै बैंक तथा वित्तिय संस्था, उर्जा उत्पादक लगायत सबै क्षेत्र यतिबेला सन्तुष्ट रहेको दावी पनि उनले गरे।







प्रतिक्रिया दिनुहोस्