ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालत पाटनमा दुई वर्ष नाघेका मुद्दा शून्य, एक वर्षमा ११ हजारभन्दा बढी फर्छ्यौट


abc news

काठमाडौ २६ असार । उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट गरेको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भएको बताए।

त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फर्छयौट गर्नुपर्ने लक्ष्य रहेकोमा यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट गरेको बताए।

असार २५ गतेसम्म कुल लक्ष्यको ९९।२१ प्रतिशत मुद्दा फर्छ्यौट भएको बताए। अझै ५ दिन बाँकी रहेको र यो समयसम्म शतप्रतिशत लक्ष्य हाँसिल गर्ने दाबी गरे।

उच्च अदालत पाटनको इतिहासमै पहिलो पटक दुई वर्ष नाघेका मुद्दाहरु शून्य बनाउन सफल भएको उनको भनाई थियो।

उनले भने, ‘यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भए। १७ हजार भन्दा बढी मुद्दाहरु लगतमा छन्। त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फछ्र्यौट गर्नुपर्ने थियो। यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फस्र्यौट गरेका छौँ। त्यो संख्या भनेको ९९।२१ प्रतिशत हो। यो असार २५ गतेसम्मको हो। अझै ५ दिन बाँकी छ। हामीले यो ५ दिनमा शतप्रतिशत नै लक्ष्य हाँसिल गर्नेकुरा सुनिश्चित छ। उच्च अदालत पाटनको इतिहासमा अहिलेसम्म दुई वर्ष नाघेका मुद्दाहरु शून्य बनाउन सकेको छौँ।’

पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पहिलो वर्ष पूरा गरेको र सबै अदालतहरुको प्रगति सन्तोषजनक रहेको बताए।

योजनाले राखेका लक्ष्यहरुतर्फ प्रयास उन्मुख रहेको बताए। पाटन उच्च अदालतले लक्ष्य प्राप्ति पूरा गरेको बताए। न्याय सम्पादन छिटो, छरितो बनाउने कुरा नै महत्वपूर्ण रहेको बताए। नयाँ दर्ता हुने मुद्दाको संख्या पनि बढेको बताए।

उनले आागमी आर्थिक वर्षमा मुद्दाहरू १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com