काठमाडौ २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उपसभापति एवं सांसद डा।स्वर्णिम वाग्लेले घाटामा गइरहेका कम्पनीहरूलाई साधारण शेयर आईपीओमा ल्याएर साना लगानीकर्ता फसाउने काम भइरहेको बताएका छन् । बिहीबार बसेको अर्थ समिति बैठकमा बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।
नेपाल धितोपत्र बोर्ड ९सेबोन०का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ पनि सहभागी रहेको समितिको बैठकमा वाग्लेले भने, ‘आईपीआको खेलमा नियामकिय निकायहरूले कसरी शुद्धतातर्फ लैजानु हुन्छ रु घाटामाथि घाटामा गइरहेका कम्पनीहरूलाई आईपीओमा लगेर विभिन्न चलखेल गरेर सोझा साना लगानीकर्ताहरूको बोझ बनाएर टाप कस्ने रणनीति डरलाग्दो छ । यसले अर्थतन्त्र नै कोल्याप्स लैजान्छ । यतातिर कसरी हेरिरहनु भएको छ ?
त्यस्तै, उनले हाइड्रोपावर कम्पनीहरु अर्को सहकारी बन्न लागेको चर्चा रहेको समेत सुनाए । उनले भने, ‘कोही हाइड्रोपावर कम्पनीहरु अर्को सहकारी बन्दैछ भनेर अर्को डरलाग्दो कुराहरू गर्छन् । होटलहरु पनि च्याउ उम्रेसरि आइरहेका छन् । उनीहरूको पनि फर्मुला छ रे(ओभर इन्भोइसिङ गर्ने, क्यापिटल फ्लाइट पनि गराउने, बैंकहरुबाट अधिक ऋण बोक्ने र एक दुई वर्षमा नै आईपीओ ल्याएर जनतामा लोड गरेर भाग्ने गरेका छन् ।’
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे स्पष्ट गर्नुपर्ने उनले बताए । यसबारे प्रक्रिया तत्काल रोकेर नेपाल स्टक एक्सचेन्ज नेप्से० को पुनः संरचनामा ध्यान दिन उनले सुझाव दिए ।
भएको नेप्सेलाई सुधार गरेर मात्रै अगाडी बढ्नु पर्ने उनको सुझाव रहेको छ । वाग्लेले भने, ‘पहिले भएको नेप्से सुधार गरेर हेरौँ, यसका लागि दुई तीन वर्षको समय दिऊ पनि । त्यसपछि हाम्रो अर्थतन्त्रले माग्यो भने, हाम्रो अर्थतन्त्रको मौलिकताले माग्यो भने दिनु राम्रै होला । तर भइरहेको दूध दिने गाईलाई सखाप पारिदिऊ भनेर केही व्यक्ति विशेष जो अहिलेको भ्रष्ट नेताहरूसँगको साँठगाँठ छ उनीहरूलाई पोस्ने गरेर नयाँ लाइसेन्स दिने रवैया ठिक छैन ।’
अर्थशास्त्र बुझेका र अनुभवी पूर्व अर्थमन्त्री युवराज खतिवडाले दोस्रो स्टक एक्सचेन्जको खेल ‘प्योर नेकेड करप्सन’ रहेको भनेको स्मरण गर्दै यसलाई आफ्नो समर्थन रहेको समेत वाग्लेको भनाई छ ।







प्रतिक्रिया दिनुहोस्