काठमाडौ २६ असार । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरू आज पनि आन्दोलनमा उत्रिएका छन्।
बिहीबार काठमाडौँको माईतीघरमा व्यवसायीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन्।
‘२ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो’, ‘सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर’, ‘सुनको भन्सार दर ६ प्रतिशत कायम गर’ लगायतका नारासहित प्रदर्शन गरेका हुन्।







प्रतिक्रिया दिनुहोस्