ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन


abc news

काठमाडौ २६ असार । गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ ।

विहिबार दिउँसो मन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको डेलिगेसन टोलीलाई गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन् ।

सो अवसरमा उपस्थित प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकस पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिए ।

गृहमन्त्री लेखकले सामाजिक संजाल र डिजिटल प्लाटफर्ममा हुने विकृति र त्यसको रोकथामको लागि निष्कर्षसहित अघि बढ्ने बताए ।

उनले भने, ‘गीतसंगीतको मार्फत समाजमा विद्धेष, घृणा फैलाउने, समाज समाजको बीचमा, व्यक्ति व्यक्तिको बीचमा, भाषाभाषीको बीचमा, एकअर्काप्रति अपहेलना गर्ने, अपमान गर्ने, लान्छना लगाउने कार्य रोक्न निष्कर्ष निकालेर अघि बढ्छौं’ गृहमन्त्री लेखकले भने ।

यही सन्दर्भमा उनले कला क्षेत्रको साइबर मामिलालाई हेर्ने गरि फोकल पर्सन तोकेर काम गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले यस्तो समस्या आए प्रहरीमा उजुरी दिन आग्रह गरे । ‘गीतसंगीत र दोहोरीको नाममा विकृति छन् । बच्चा, नातिनातिनी, छोराछोरीसँग बसेर टिकटक र गीत हेर्ने अवस्था छैन । यसको अन्त्य गर्न हामी लाग्छौं’ उनले भने ।

सो अवसरमा प्रतिष्ठानकी अध्यक्ष थापासहित पुगेका कलाकारले लोकसंगीत क्षेत्रमा विकृति विसंगति देखिएको र यसको रोकथामको लागि राज्य गम्भीर हुनुपर्ने बताएका थिए ।

सो अवसरमा अन्य कलाकार शिव हमाल, बद्री पँगेनी, पूर्णकला बीसी, पुष्कल शर्मा, सम्झना भण्डारी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ल लगायत पुगेका थिए ।

आजै राष्ट्रिय लोकसंचारकर्मी नेपालले पनि गृहमन्त्री लेखकलाई अलग्गै ध्यानाकर्षण पत्र बुझाउँदै तीज पर्वमा अश्लिल र अमर्यादित गीत आएको र यसलाई रोक्न माग गरेको छ । पत्र बुझ्दै गृहमन्त्री लेखकले रोकथाममा सरकार गम्भीर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com