ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण


abc news
असार २६, २०८२ बिहीबार  ४ : २४ बजे

काठमाडौ २६ असार । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५।८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ ।

यो अंक २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अंकमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो । आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो ।

१६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । बिहीबार पनि वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ । नेप्से ०।९५ प्रतिशत बढ्दा सो समूह सबैभन्दा धेरै ३।०२ प्रतिशत बढ्यो ।

विकास बैंक १।१२, फाइनान्स ०।५१, होटल तथा पर्यटन ०।१४, लगानी ०।३५, जीवन बीमा ०।१९, उत्पादन तथा प्रशोधन ०।४५, माइक्रोफाइनान्स १।४६, निर्जीवन बीमा ०।२७ तथा अन्य ०।१७ प्रतिशत बढे । व्यापार ०।५३ तथा हाइड्रोपावर ०।२२ प्रतिशत घटे ।

माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८।१५ प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ६।७६, समता घरेलु लघुवित्तको ६।५७, भगवती हाइड्रोपावरको ६।५२, सानिमा बैंकको ४।८० प्रतिशत मूल्य बढ्यो ।

प्रतिशतका आधारमा आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा सानिमापछि एसबीआई, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक तथा कृषि विकास बैंक अगाडि रहे । ती सबै बैंकको मूल्य ३।४५ प्रतिशतभन्दा धेरै बढ्यो।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ९।९ प्रतिशत घट्यो । राप्ती हाइड्रोको ६।४, सिन्धु विकास बैंकको ४।३ तथा पन्चकन्या माइको ४।३ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्स छन् । बजारको पूँजीकरण ४५ खर्ब ५१ अर्ब पुगेको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com