काठमाडौ २६ असार । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका १ बन्साहामा बसको ठक्करबाट स्थानीय ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार बेलौरीबाट कलुवापुरतर्फ आइरहेको सु प प्र ००१ ख ९२९ नम्बरको बसको ठक्करबाट भट्ट घाइते भएकी थिइन्।
उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए।
पैदलयात्री महिलालाई जोगाउन खोज्दा बस पनि पल्टिएको छ।







प्रतिक्रिया दिनुहोस्