ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशीको बाढीले नेपालतर्फ १० वटाभन्दा धेरै जलविद्युत् आयोजनामा क्षति


abc news

काठमाडौ २६ असार । चीनको तिब्बत हुँदै भोटेकोशीमा मङ्गलवार बिहान आएको बाढीले नेपालतर्फ १० वटाभन्दा धेरै जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० ले जनाएको छ ।

इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको हो । सञ्चालनमा रहेका झन्डै २५० मेगावाट जलविद्युत् आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको इप्पानले जनाएको छ ।

रसुवागढी, त्रिशूली–थ्री ए, त्रिशूली जलविद्युत् केन्द्र, चिलिमे जलविद्युत्, माथिल्लो मैलुङ, देवीघाट जलविद्युत् परियोजना र मैलुङ खोला जलविद्युत‍्को उत्पादन बन्द भएको छ । यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली–थ्री बी हब सबस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको इप्पानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

इप्पानका अनुसार देवीघाट, त्रिशूली र त्रिशूली–थ्री ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका आयोजना हुन् । निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका हुन् । त्यस्तै निर्माणाधीन आयोजनामा माथिल्लो त्रिशूली ए, सुपर त्रिशूली, त्रिशुली–थ्री बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको र यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।

इप्पानले चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रहसमेत गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले क्षतिग्रस्त आयोजनाबाट विद्युत् उत्पादन र प्रसारण केही दिन रोकिने अवस्थाले करोडौं रुपैयाँ बराबरको घाटा बेहोर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com