ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछा पाल्न खनिएको पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु


abc news

काठमाडौ २६ असार । माछा पाल्न भनेर बनाइएको पोखरीमा डुबेर रूपन्देहीको तिलोत्तमामा एक बालकको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका वडा नं। ७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार बुधबार साँझ घर नजिकै माछा पाल्न भन्दै एक व्यवसायीले खनेर राखेको पोखरीमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।

तीन चार जना साथीसँग खेल्न भन्दै गएका प्रज्ञान साँझ ६ बजेतिर पौडी खेल्ने क्रममा पोखरीमा डुबेका थिए।

बालक पोखरीमा डुबेको भन्दै साँझ ७ बजेतिर खबर आएपछि उद्धारको लागि गएको प्रहरीले राति १० बजे मात्रै पोखरीमा डुबेका बालकलाई बाहिर निकाल्न सकेको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए।

तिलोत्तमा नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष देवीप्रसाद पङ्गेनीका अनुसार स्थानीय व्यवसायी नारायण बन्जाडेले व्यावसायिक रूपमा माछा पाल्ने भन्दै पोखरी निर्माण गरेका थिए।

उनले पोखरीको चारैतर्फ पर्खाल उठाएर गेट राख्न मात्र बाँकी थियो।

पोखरीको गेट खुला देखेपछि पौडी खेल्न गएका बालक पोखरीको दलदलमा गडेपछि पौडी खेलेर माथि निस्किन नसक्दा मृत्यु भएको वडा अध्यक्ष पङ्गेनीले जानकारी दिए।

पङ्गेनीका अनुसार पोखरीमा १० फिटभन्दा गहिरो पानी भरिएको छ भने पिँधमा माटो पग्लिएर दलदल बनेको छ।

गहिरो र दलदल सहितको पोखरीमा डुबेका बालकलाई तीन घण्टाको खोजीपछि प्रहरीले बाहिर निकालेको पङ्गेनीले जानकारी दिए।

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी अन्तिम संस्कारका लागि बालकको शवलाई घरमा ल्याइएको वडा अध्यक्ष पङ्गेनीले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com