काठमाडौ २६ असार । भारतको दिल्लीमा आज बिहीबार बिहान भूकम्प गएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र एनसीएसका अनुसार बिहीबार बिहान ९: ४ बजे दिल्ली(एनसीआरमा भूकम्प महसुस गरिएको हो।
भूकम्प ४।४ रेक्टर स्केलको थियो।
दिल्ली(एनसीआरमा लगभग ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।
एनसीएसका अनुसार, भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। यसको गहिराइ जमिनबाट लगभग दस किलोमिटर थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली(एनसीआर भूकम्पका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ र यो भूकम्पीय क्षेत्र ४ मा पर्छ। यो क्षेत्र उच्च भूकम्पीय गतिविधि हुनेमा गनिन्छ।
दिल्ली प्रहरीले भूकम्पका कारण अहिलेसम्म कुनै क्षतिको सूचना नआएको बताएको छ।








प्रतिक्रिया दिनुहोस्