काठमाडौ २५ असार । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले देश विकास नहुनुको कारण भ्रष्टाचार मात्र नभई गलत राजनीतिक अभ्यास र भागबण्डा प्रणाली समेत भएको टिप्पणी गरे।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोलदै सांसद चौधरीले बहुदलपछिको राजनीतिक अभ्यास र नीतिहरुको कारण देश नबनेको टिप्पणी गरे। उनले संविधानले परिकल्पना गरेको स्वतन्त्र न्यायपालिका नै दलीय भागबण्डाको शिकार बनेको जिकिर गरे।
‘नेपालीहरुको जिब्रोमा झुण्डिएको एउटा वाक्य छ, देश बनेन, के भ्रष्टाचार मात्र हो देश नबन्नुको कारणरु अँह, होइन,’ चौधरीले भने, ‘हामीले लिने नीति र बहुदलपछि गरिरहेको अभ्यास नै देश नबन्नुको मुख्य कारण हो। हाम्रो संविधानले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको छ। तर न्यायाधीशहरुको नियुक्ति दलीय भागबण्डाको आधारमा गरिरहेका छौँ। तीनै न्यायाधीहशहरुबाट प्रधानन्यायाधीश बन्छन्। यस्तो अवस्थामा स्वतन्त्र र न्यायिक न्यायपालिका सम्भव छैन।’
उनले सबै संवैधानिक नियुक्तिहरु संवैधानिक रुपमा खारेज नगरेसम्म मुलुकको विकास सम्भव नभएको जिकिर गरे।








प्रतिक्रिया दिनुहोस्