काठमाडौ २५ असार । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा ठूलो ड्रोन खसेको भन्दै त्यसबारे संसद्लाई जानकारी गराउन माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्यो ड्रोन कहाँबाट आएर खसेको भन्दै प्रश्न समेत गरे। ‘असार २३ गते बेलुका ९ बजेर ९ः३० सम्म यही संसद्को बायाँपट्टी ठूलो ड्रोन आएर खसेको समाचार प्राप्त भयो,’ खतिवडाको प्रश्न छ, ‘कहाँबाट आएको थियोरु के का लागि आएको थियोरु संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो थाहा पाएनरु’
यस्तो गम्भीर विषयमा संसद्लाई जानकारी दिनुपर्ने माग समेत उलने गरे। ‘यस्ता विभिन्न ठाउँमा ड्रोनबाट सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय आतंकवादी गतिविधि भइरहेको बेला यस्तो गम्भीर विषयमा के भयो हो संसद्लाई जानकारी चाहियो,’ खतिवडाले भने।








प्रतिक्रिया दिनुहोस्