ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते


abc news

पाल्पा, २५ असार । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खडक खण्ड अन्तरगत सिद्धबाबा मन्दिर नजिकै खसेको पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार बेलुका वर्षासँगै खसेको पहिरोमा परी रामपुर नगरपालिका वडा नं. ५ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ५१ प ६६३३ नम्बरको मोटरसाइकमा पाल्पादेखि बुटवलतर्फ जाँदै गर्दा पहिरोमा परी गम्भीर घाइते भएका भण्डारीलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै मोटरसाइकलको पछाडि सवार भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको तानसेन बुटवल सडक खण्ड पहिरो पन्छाएपछि सुचारु भएको छ ।

यसैबीच जिल्ला सुरक्षा समितिको बैठक बसेर विपद्जन्य जोखिम न्यनीकरणका लागि पाल्पाका मुख्य र सहायक राजमार्गका अत्यावश्यक काम बाहेक रातिको समयमा सवारी संचालन गर्न रोक लगाउने निर्णय कार्यान्वयन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com