काठमाडौं, १८ चैत । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदमुक्त भएका सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथ गराउनुको कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले यस्तो आदेश दिएको हो।
अधिवक्ता नारायण खरेल र हेममणि सुवेदीले अवकाश पाएको व्यक्तिले खुवाएको सपथ संवैधानिक नभएको जिकिर गर्दै चैत ४ गते रिट दायर गरेका थिए।
सुरुमा उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरेपनि पछि इजलासले दर्ता गर्न आदेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस्