ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सक आन्दोलित हुँदा हजारौँले सेवा पाएनन्, सरकारले तत्काल वार्ता गरोस् – सांसद पौडेल


abc news
असार २४, २०८२ मंगलबार  २ : १९ बजे

काठमाडौ २४ असार । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपभोक्ता अदालतको फैसलाविरुद्धविरुद्ध चिकित्सक आन्दोलित भएका कारण सर्वसाधरण प्रभावित भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बौल्दै उनले भने, ‘उपभोक्ता अदालतमा रहेका १५ मुद्दामध्य ५ मुद्दा चिकित्सा क्षेत्रसँग सम्बन्धित रहेका छन्। त्यसमध्य ३ वटामा फैसला भइसकेको छ। फैसला भएका विषयबाट डाक्टरहरू प्रभावित भएर सडकमा छन्।’

चिकित्सकहरू आन्दोलित हुँदा विारमीले उपचार नपाएको भन्दै सम्बन्धि पक्षसँग तत्काल वार्ता गर्न समेत उनले सरकारलाई आग्रह गरे। ‘यसका कारण हजारौँले उपचार पाइरहेका छैनन्,’ पौडेलले भने,‘तत्काल सम्बन्धित पक्षसँग वार्तागरि मेडिकल काउन्सिल र उपभोक्ता अदालतसँग सम्बन्धित कानुनी कुरा सच्याएर भए पनि विरामीले उपचार पाउने वातावरण बनाउनुपर्छ।’

आन्दोलनका कारण सरकारी अस्पतालका सेवा रोकिएको भन्दै उनले चिकित्सकलाई अस्पताल फर्काउने वातावरण बनाउन समेत माग गरे। पौडेलले भने, ‘सरकार हेरेर बस्ने होइन, सम्बन्धित पक्षसँग वार्ता गरेर चिकित्सकलाई अस्पतालमा फर्काउने वातावरण तत्काल बनाइयोस्।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com