काठमाडौं, १८ चैत । गृह मन्त्रालयले २०७५ सालमा हुने सार्वजनिक बिदाहरुको तालिका सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार दशैंको बिदामा ३ दिन कटौती गरिएको छ। आगामी वर्ष दशैंमा असोज ३० देखि कात्तिक ३ सम्म मात्र बिदा हुनेछ।
तिहारमा कात्तिक २१, २२ र २३ गते बिदा हुने गृह मन्त्रालयको सूचनामा उल्लेख छ।
सरकारले चाडपर्व तथा विभिन्न दिवसका बिदा कटौती गरी जातजाति विशेषले मनाउने चाडपर्वमा सम्बन्धित जातिलाई मात्र बिदा दिने निर्णय गरेको छ । त्यसैले आउने वर्ष यस वर्ष भन्दा सरकारी कार्यालय एक महिना धेरै खुल्ने भएको छ ।
सूचनाअनुसार तीन वटा दिवसमा मात्र सबैलाई बिदा हुनेछ। बैशाख १८ गतेको विश्व मजदुर दिवस, असोज ३ गतेको संविधान दिवस र फाल्गुन २४ गतेको अन्तर्राष्ट्रिय महिला दिवसमा मात्र सबैलाई बिदा हुनेछ। जन्म जयन्ती अन्तर्गत बुद्ध जयन्ती (बैशाख १७ गते) मात्र सबैलाई बिदा दिइएको छ।
गत बुधबारको मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको थियो।
२०७५ सालका लागि यस्तो छ बिदाको तालिका-

प्रतिक्रिया दिनुहोस्