ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एएफसी एसियन कप छनोटः पेनाल्टी सुटआउटमा चुक्दा नेपाल समूह चरणबाटै बाहिरियो


abc news
असार २२, २०८२ आईतबार  ६ : १८ बजे

काठमाडौं, २२ असार । एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै समूह चरणमै सीमित बनेको हो।
तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा पहिलो हाफमा ३–१ ले अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफमा गोल फर्काउन सकेन। कप्तान सावित्रा भण्डारीले दोस्रो हाफमा २ गोलसहित ह्याट्रिक गर्दै खेल बराबरीमा पुर्‍याएपछि यो खेलको नतिजा पेनाल्टी सुट मार्फत भएको हो।
नेपालको लागि पहिलो पेनाल्टी पोलमा लागेर फर्कियो। ह्याट्रिक गोल स्कोरर सावित्रा भण्डारीको पेनाल्टी दोस्रो बारमा लागेर बाहिरियो। नेपालको लागि दोस्रो पेनाल्टी गीता रानाले सहजै गोल गरिन्। तेस्रो पेनाल्टी सबिता राना मगरले पनि गोल गरिन्। चौथो पेनाल्टी अन्जना राना मगरको पेनाल्टी उज्बेकिस्तानकी गोलकिपरले रोक्दा नेपाल पेनाल्टीमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको हो।

उज्बेकिस्तानका भने चारै खेलाडीले पेनाल्टीमा गोल गरे। जसको फलस्वरुप उज्बेकिस्तान एसियन कपमा छनोट भएको छ। नियमित खेलको पहिलो मिनेटमा नै नेपालले गोल बेहोर्यो। उज्बेकिस्तानका लागि फिरुजाले बक्स बाहिरबाट दिएको पासलाई खबीबुल्लीभाले डिबक्सको बीचबाट गोल गरिन्।

खेलको एघारौँ मिनेटमा उज्बेकिस्तानकी कप्तान उदमिल्ला कराचिकले बायाँ तर्फबाट ल्याएको बल क्लियर गर्न खोज्दा नेपालकी डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लाग्दै गोल भएको हो। यससँगै खेलको सुरुवाती मिनेटमै नेपालले २ गोल खायो।

नेपालले खेलको १६ औँ मिनेटमा काउन्टर अट्याक गरेको थियो। कप्तान सावित्रा भण्डारीको पासमा रश्मीकुमारी घिसिङले डिबक्सबाट हानेको प्रहार प्रहार गोलकिपरले सजिलै नियन्त्रणमा लिइन्। खेलको २४ औँ मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन्। डिफेन्डरलाई बिट गर्दै डिबक्स बाहिरबाट गरेको प्रहार उज्बेकिस्तानकी गोलकिपरले रोक्न सकिनन्।

को ३८ औँ मिनेटमा सरस्वती हमालले डी बक्स भित्र फाउल गर्दा पेनाल्टी बेहोर्यो। सोही कुराको कम्प्लेन गर्दा नेपालका प्रशिक्षक प्याट्रिकले पहिलो कार्ड पनि खाए। खेलको ३९ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्यो। उज्बेकिस्तानको लागि माफ्तुना सोइमोभाले पेनाल्टीमा गोल गरिन्। पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा नेपालले डिबक्स बाहिर फ्री किक पाएको थियो। सो फ्री किक कप्तान सावित्रा भण्डारीले सिधा गोलकिपरको हातमा दिइन्।

पहिलो हाफको थप गरिएको अन्तिम मिनेटमा उज्बेकिस्तान १० खेलाडीमा सीमित भयो। उज्बेकिस्तानकी जर्सी नम्बर १९ की खेलाडी नोजीमाखोनले नेपालकी कप्तान सावित्रा भण्डारीलाई फाउल गर्दा उनले दोहोरो पहिलो सहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिएकी हुन्। खेलको ७१ औं मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याइन्।

खेल त्यसको दुई मिनेटपश्चात पुन कप्तान भण्डारीले गोल गर्दै नेपालका लागि तीन खेलमा तेस्रो ह्याट्रिक गरिन्। यो हारसँगै नेपालको एसियन कप खेल्ने सपना यही सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले अहँकार देखायो ः नेकपा सांसद, शर्मा , भिडियो

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

सम्बन्धित

रवि लामिछाने संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट उन्मुक्त भएका छैनन् ? यस्तो छ कारण

अध्यादेशपछि पदमुक्त गरिएकैलाई फेरि निमित्त जिम्मेवारी, कानुनी प्रक्रियामाथि प्रश्न

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

भारत भ्रमणमा रवि लामिछाने, राजनीतिक यात्रा कि रणनीतिक संकेत

ह्वाइट हाउस नजिकै गोली चल्यो, एक संदिग्ध प्रहरीको जवाफी कारबाहीमा मारिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com