काठमाडौ २१ असार । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज ९असार २१, शनिबार० राति घरेलु टोली उज्वेकिस्तानसँग भिड्दै छ।
उज्वेकिस्तानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार शनिबार राति सवा ९ बजेपछि सुरु हुनेछ।
त्यसअघि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू प्रशिक्षकहरूसँगको प्राविधिक सत्रमा भाग लिइरहेका छन्।
जुन सत्र उज्वेकिस्तानविरुद्ध कसरी जित हासिल गर्ने भन्ने विषयमा केन्द्रित छ।
खेलाडीहरू एउटै लक्ष्यका साथ उच्च मनोबलमा छन्स् हामी जित्नेछौँ।








प्रतिक्रिया दिनुहोस्