ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपाका मधेस प्रदेश अध्यक्ष अशोक यादवलाई ‘तत्काल पक्राउ गर्न’ प्रहरी परिचालन


abc news
असार २१, २०८२ शनिबार  २ : ५६ बजे

काठमाडौ २१ असार । जनता समाजावादी पार्टी जसपा का मधेस प्रदेश समिति अध्यक्ष अशोक यादव पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका उनलाई प्रहरीले खोजिरहेको हो।

उनलाई तत्काल पक्राउ गर्न जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिट खटाइएको सर्लाही जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।

‘उनलाई तत्काल पक्राउ गर्न प्रहरी खटिएको छ’, डीएसपी राईले भने, ‘अहिलेसम्म पक्राउ गरिसकिएको छैन। यति बुझ्नूस्, उनलाई प्रहरीले तीव्र रूपमा खोजिरहेको छ। सबै कुरा अहिले बताउन मिल्दैन।’

जसपाका मधेस प्रदेश अध्यक्ष यादवले टेलिफोनमा एसपी खड्कालाईलाई तराइमा लुट्न आएको लुटेरा भनेर धम्क्याइरहेको अडिओ संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

आपराधिक उपद्रव कसुरमा सर्लाही जिल्ला अदालतले शुक्रबार मात्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

रातिको समय सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिँदा यादवले एसपीलाई धम्क्याएको दाबी प्रहरीले गरेको छ।

सार्वजनिक अडिओमा यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै तथानाम गाली गरेका छन्।

यादवले यसअघि पनि प्रदेश मन्त्रीलाई यस्तै धम्कीपूर्ण भाषामा म्यासेज पाइएको छ। उक्त म्यासेजलगायत पनि प्रमाणका रूपमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

सम्बन्धित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com