ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न सरकार प्रभावकारी भयो, न त सातबुँदे पालना गरियो- कांग्रेस


abc news
असार १७, २०८२ मंगलबार  ५ : ४८ बजे

काठमाडौ १७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकार प्रभावकारी हुन नसकेको भन्दै एमालेसँगको सहकार्यमा प्रश्न उठाएका छन्।

केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्ने केन्द्रीय समितिका सदस्यहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै सरकारको कार्यक्षमतामाथि नै प्रश्न गरेका हुन्। उनीहरूले सरकार सात बुँदै सहमतिअनुसार अघि बढ्न नसकेको टिप्पणी पनि गरे।

संविधान संशोधनको मुद्दामा अहिले संशोधन भइरहेको भए पनि अन्य सवालमा सरकारले प्रभावकारी बन्न नसकेको कांग्रेस नेताहरूको भनाइ छ।

उनीहरूले सरकारले गरेका कमजोरी सच्याउन सुझाव दिएका छन्।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सत्ता गठबन्धनभित्र कांग्रेसको पहिचान कम देखिएको भन्दै प्रश्न उठेको बताए। यथास्थितिबाट कांग्रेसले गति लिन नसक्ने उनको भनाइ थियो।

बैठकस्थलबाट बाहिर सञ्चारकर्मीसँग उनले भने, ‘सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको पहिचान देखिन कम भयो भन्ने छ। त्यो अभिव्यक्ति केन्द्रीय समितिमा पनि आएको छ। यथास्थितिबाट कांग्रेसले गति लिन सक्दैन। पार्टीलाई नेताप्रधान नभएर नीतिप्रधान बनाउनुपर्छ।’

प्रवक्ता प्रकाशशरण महतले सरकारको प्रभावकारिता बढ्नुपर्ने र मेहनत अझ बढाउनुपर्ने विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेको जानकारी दिए। बजेटको सन्दर्भमा देखिएका समस्यालाई पार्टीले गम्भीरताका साथ लिएर छलफल गर्नुपर्ने सुझाव आएको उनको भनाइ थियो।

उनले भने, ‘सरकारको प्रभावकारिता बढ्नुपर्छ, मेहनत गर्नुपर्छ। अझ प्रभावकारिताका साथ काम गर्नुपर्छ। कतिपय बजेटको प्रक्रियामा समस्याहरू देखिएका छन्, प्रदेश र केन्द्रमा। यसमा पार्टीले गम्भीरताकासाथ लिनुपर्छ। पार्टीले विशेष सरोकार राखेर छलफल गर्ने र निर्देशन दिने काम गर्नुपर्छ। सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्छ। कुनै पनि त्रुटि वा कमजोरी हाम्रो तर्फबाट रहनुहुँदैन भन्ने चासो र चिन्ता छ।’

उपसभापति धनराज गुरुङले बैठकमा सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको बताए।

सरकारका कामका बारेमा टीकाटिप्पणी हुनु स्वाभाविक भएको पनि उनको भनाइ थियो। सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा यस्ता विषय आउने तर यसलाई नै लिएर सरकार परिवर्तन भइहाल्छ भन्ने नहुने उनले प्रस्ट्याए।

उनले भने, ‘सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको छ। सरकारका कामका बारेमा टीकाटिप्पणी हुनु स्वाभाविक हो। सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्ना विषय र अभिव्यक्ति राख्ने क्रममा सरकारका विषय आउँछन्, जोडिन्छन्। यति भन्दैमा सरकार नै परिवर्तन हुन्छ भन्ने विषय होइन।’

केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सात बुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्ने विचार राखे। सात बुँदे कार्यक्रम सरकार गठनको औचित्य, भावी कार्यदिशा र यसले मुलुकलाई रुपान्तरणका लागि निर्वाह गर्नुपर्ने भूमिकासँग सम्बन्धित रहेको उनको भनाइ थियो।

कांग्रेस केन्द्रीय सदस्य राजन केसीले सात बुँदे अन्तर्गतको संविधान संशोधनको मुद्दाबारे गृहकार्य भइरहेको बताए। सरकारबाट भएका कमी, कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको उनको धारणा थियो।

लोकतन्त्रमा पहिलो र दोस्रो हुने पार्टी स्थिर सरकार दिनका लागि अभ्यास गरिएको भन्दै उनले स्थिर सरकारले नै मुलुकको विकासको गति अघि बढाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com