काठमाडौ १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का पूर्व महामन्त्री डा। मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै अदालतमा दायर भएको रिट मंगलबार सुनुवाइ नै नभई २७ असारका लागि सरेको छ ।
आज न्यायधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको मुद्दा आज हेर्न नभ्याइने भएपछि २५ असारका लागि पेशी तोकिएको हो ।
ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो ।
निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए । ढकाललाई पार्टीले कारबाही गरेपनि आयोगले रास्वपा पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन ।








प्रतिक्रिया दिनुहोस्