ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेशस भाको शून्य समय, विपद् र मल खादबारे सरकारको जवाफ माग


abc news

काठमाडौ १६असार । कोसी प्रदेशसभाका सांसदहरूले किसानले मलखाद पाउन नसकेको तथा मनसुन सक्रिय हुँदा समेत सरकारको तयारी नदेखिएको बारेमा सरकारको जवाफ मागेका छन्।

कोसी प्रदेशसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले मनसुन सुरु भइसक्दा समेत सरकारको तयारी अझै नदेखिएको बताए। प्रदेशसभा सदस्य सपना दर्जीले मनसुन सुरु भइसकेको अवस्थामा सरकारको तयारी कसरी अघि बढिरहेको छ भन्दै प्रश्न गरिन्।

उनले यो वर्ष मनसुनमा अरू वर्षहरू भन्दा बढी नै बाढी पहिरो जाने पूर्व अनुमान गरिएकोले त्यसको तयारीको बारेमा चासो राखिन्। ‘सरकारले विपद्‍बारेमा यथार्थ तयारी कस्तो गरिरहेको छ भन्ने बारेमा मुख्य प्रश्नहरू छन्,’ उनले भनिन्, ‘विपद्का नाममा सरकारले छुट्याउने बजेट आपत परेको बेला मात्रै खर्च गरिन्छ त्यसको रोकथाम र पूर्व तयारीमा खर्च गरेको देखिँदैन।’

विपद् भइहालेको अवस्थामा सरकार कुन अवस्थामा छ भन्ने जानकारी सबै नागरिकले पाउनुपर्ने उनको भनाई छ। स्थानीय तहहरूले समेत विपद्को पूर्व तयारीमा लाग्नु पर्नेमा विपद् पछि राहत बाँड्ने काममा मात्रै लाग्ने गरेको बताइन्। ‘पूर्व तयारीलाई कोसी प्रदेश सरकारले कसरी काम गरिएको छ, त्यसको बारेमा जानकारी चाहियो’, उनले भनिन्।

अर्का सांसद गोम्बु शेर्पाले असार १५ गइसक्दा समेत किसानले मल र बिउ पाउन नसकेको बताए। खेतबारीमा हुनुपर्ने किसानहरू मल गोदाम अगाडि, कृषि सहकारीहरू र कृषि ज्ञान केन्द्र अगाडि लाइन लागेर बस्नु पर्ने अवस्था रहेको बताए। लाइनमा बस्दा समेत किसानले मल खाद पाउन नसकेको सांसद शेर्पाले आक्रोश व्यक्त गरे।

उनले भने, ‘सरकारले मलको सहज उत्पादन पनि नगर्ने अनि सम्बन्धित ठाउँबाट आयात गर्नु पर्ने मल समेत आयात गर्न नसकेर सरकारीले असक्षमता देखायो।’

कृषकलाई सहज मल बिउ उपलब्ध गराउन नसकेर सरकारले आफ्नो असक्षमता र असफलता देखाएकोले त्यसलाई तत्काल समस्या समाधान गर्न माग गरे। उनले सरकारलाई गीति शैलीमा भने, ‘हो हो सरकार हो हो, मल बिउ चाहियो हो हो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com