काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएको छ । चैत २३ देखि २५ गतेसम्मका लागि प्रम ओली भ्रमणमा जाने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणमा ओलीले भारतीय राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
भ्रमणको क्रममा ओली उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ कृषि विश्वविद्यालयको कार्यक्रममा समेत सहभागी हुने तय भएको छ।
यसका लागि एक साता अघिदेखि नै तयारी सुरु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्