काठमाडौं, ९ साउन । सम्पूर्ण युवा युवति तथा सवैका लागि सौदयका आवश्यक सम्पूर्ण सामग्री अब ब्यूटी नेपालबाट पाइने भएको छ । मित्रराष्ट थाईल्याण्डमा उत्पादित दूई दर्जनभन्दा बढि प्रकारका सौर्दयका सामग्री विभिन्न कम्पनीहरुमा मार्फत नेपाल ‘ब्यूटि नेपालले ’ आयत गर्दै विक्रि वितरणमा ल्याएको छ । सोमवार काठमाडौंको लाजिम्पाटमा ‘ब्यूटी नेपालको ’ एक कार्यक्रमका विच शुभारम्भ भएको छ । कार्यक्रममा बोल्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आफ्नो मुलुकमा उत्पादनले नेपाली बजार पाउनु खुशीको कुरा भएको बताउनुभयो । कार्यक्रमा संघिय सांसद विमल सुवेदी तथा सौर्दय संग सम्वन्धित विभिन्न व्यवसायिहरुको उपस्थिति रहेको थियो । २ करोडको लगानिमा ब्यूटी बफेट, जे ब्यूटी लगाएका अन्तराष्टिय ब्राण्डका सौर्दयका सामाग्रि थोक तथा खुद्रा विक्रिवितरण हुने संचालक तथा ब्यूटि नेपाल प्रा.लि.का संस्थापक अध्यक्ष डा. वरुण अमात्यले बताउनुभयो । निकट भविष्यमा नै प्रविधिमैत्री बजारीकरणका लागि इ–कमर्स र अनलाइन डेलिभरीको व्यवस्थाका लागि पनि काम भइरहेको उहाँको भनाई छ ।








प्रतिक्रिया दिनुहोस्