ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको रणनीति फेल खायो, इजरायल र अमेरिकाले पनि जित्ने ग्यारेन्टी छैन


abc news

काठमाडौ ९ असार । युद्धमा जानु भनेको हमेसा जुवाको खालमा बस्नुजस्तै हो। इरान, इजरायल र अहिले आएर अमेरिकाले पनि कौडा फ्याँकिसकेका छन्।

छोटो समयका लागि इजरायल आफ्नो दाउमा सफल भएजस्तो देखिन्छ। बेन्यामिन नेतन्याहुको सरकार इरानको अधिकांश सैन्य नेतृत्वको हत्या गर्न सफल भयो। साथै उसले इरानको आणविक कार्यक्रम र सैन्य पूर्वाधारमा पनि गम्भीर क्षति पुर्‍यायो। यसका अलावा अमेरिकालाई यो युद्धमा तानेर भए पनि सामेल गराउने आफ्नो लक्ष्यमा पनि सफलता प्राप्त गर्‍यो।

डोनाल्ड ट्रम्पले यो युद्धमा सामेल हुने निर्णय लिनुका पछाडि आंशिक रूपले इजरायलको यही सफलता जिम्मेवार छ। ट्रम्प सधैँ विजेता देखिन चाहन्छन्। सोहीकारण इरानमा अमेरिकाले बम हान्नेबित्तिकै उनले ‘सानदार सैन्य सफलता’ प्राप्त गरेको दाबी गरे।

त्यसविपरीत, इरानी सरकारको दाउ भने नराम्ररी असफल भयो। इरानलाई लागेको थियो– इजरायलविरुद्ध ‘प्रतिरोध समूह’को नेतृत्व गरेर पनि उसँग प्रत्यक्ष लडाइँबाट बच्न सकिन्छ। दशकौँसम्म इरानले निकै कुशलतापूर्वक यो क्षेत्रभर आफ्नो हितको प्रवर्द्धन गर्‍यो। उसले हेजबुल्लाह, हमास र हुतीहरूलाई परिचालन गर्नुका साथै आणविक कार्यक्रमलाई पनि अघि बढायो।

थुप्रै वर्षसम्म इरानको यो रणनीति सूक्ष्म र प्रभावकारी दुवै देखिन्थ्यो। अरबका चार राजधानी, बेरुत, बगदाद, दमास्कस र साना इरानसमर्थिक शक्तिहरूको कब्जामा गएको गुनासो खाडी मुलुकहरूमा सुनिन्थयो। त्यसमाथि इरान आणविक हतियार विकासको नजिक पनि पुगेको थियो।

तर, उसको यो दीर्घकालीन रणनीति अब छिन्नभिन्न भइसकेको छ। सिरियामा असदको शासन ढलिसकेको छ। हेजबुल्लाह र हमासलाई इजरायलले तहसनहस पारिसकेको छ। अहिले आएर इरानको सत्ता आफैँ सिधा हमलाको सामना गरिरहेको छ।

अल्पकालमा यस्तो नतिजा देखिए पनि यो युद्धको मध्यम तथा दीर्घकालीन परिणाम कस्तो हुन्छ, स्पष्ट छैन। अल्पकालीन कार्यनीतिक सफलता जतिसुकै सानदार किन नहोस्, त्यसलाई दीर्घकालीन सुरक्षामा रूपान्तरण गर्न इजरायललाई कठिन हुनेछ।

अमेरिकाले त आफ्नो सुरुवाती सैन्य जित लामो र अन्त्यहीन युद्धमा बदलिएको तीतो अनुभव धेरै भोगिसकेको छ। इरानी धार्मिक सत्ताले अभूतपूर्व आक्रमण झेलिरहे पनि बमबारीको अभियानले विरलै सत्ता पल्टाउन सक्छ। त्यसैले इरानको वर्तमान सत्ता भोलिको लडाइँका लागि पनि जीवित रहन सक्छ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उनको बाँकी सेनाका माझ जे विकल्पहरू छन्, ती सबै अत्यन्त निराशाजनक छन्। भावनात्मक हिसाबले उनीहरू सबै जवाफी हमला गर्न चाहन्छन्। तर, इरानले बदला लिए अमेरिकाले झन् भीषण हमला गर्ने वाचा ट्रम्पले गरेका छन्। आफ्नो अस्तित्वको रक्षाका लागि पनि तेहरानले न्यूनतम जवाफी कारबाही गर्ने र त्यसपछि कूटनीतिक विकल्प रोज्न सक्छ।

तर, इरानीहरूलाई अर्को डर पनि छ। अमेरिकाका नियोकन्जर्भेटिवहरू भन्ने गर्छन्, ‘कमजोरी उत्तेजक हुने गर्छ।’ त्यसैले जवाफी कारबाही गर्न नसक्नु भनेको इजरायल र आफ्ना घरेलु शत्रुहरूबाट अझ ठूलो हमला निम्त्याउनु पनि हो।

इरानलाई यो कुरा पनि थाहै होला– ट्रम्पले आफ्नै समर्थकहरूको विरोधका बाबजुद बम हान्ने निर्णय गरेका हुन्। उनका समर्थकहरूलाई डर छ– कतै अमेरिका फेरि अर्को ‘सदाको युद्ध’ मा त सामेल हुँदै छैन१ यदि इरानले मध्यपूर्वमा अमेरिकी ठेगानाहरूमा हमला गर्‍यो, अथवा हर्मुज जलसन्धि बन्द गराएर तेलको मूल्य बढायो भने तिनको विरोध र अमेरिकाभित्रको विभाजन अझ बढ्नेछ। ट्रम्पको पहिलो प्रतिक्रिया अवश्य पनि बदला नै हुनेछ। तर, उनी साह्रै अस्थिर छन् र तुरुन्तै आफ्नो निर्णय उल्ट्याउन सक्छन्। खासगरी घरेलु राजनीतिक दबाबका बेला।

ठूलो क्षति भयो भने पनि अमेरिका मध्यपूर्वका द्वन्द्वहरूबाट बाहिर निस्किने गरेको छ। १९८३ मा बेरुतको अमेरिकी नौसैनिक ब्यारेकमा भएको बम विस्फोटमा २४१ अमेरिकीहरू मारिए। यसको दोष हेजबुल्लाहलाई दिइयो। सो घटनापछि अमेरिकाले तनाव बढाउनुभन्दा लेबनानबाट बाहिरिने निर्णय लियो।

यस्तो स्मृतिले ट्रम्पले मोलिरहेको जोखिम बुझ्न सघाउँछ। इरानको आणविक कार्यक्रम पूर्ण रूपले नष्ट भएको पुष्टि भयो भने मात्रै अमेरिकाले ‘हाम्रो मिसन सफल भयो’ भनेर दाबी गर्न सक्छ। अथवा त्यसका लागि इरानको वर्तमान सत्ता ढलेर त्यसको ठाउँमा एउटा स्थिर र पश्चिम समर्थक सरकार आउनुपर्छ। जो अमेरिका र इजरायलसँग लड्न चाहँदैन।

तर, यो लडाइँबाट त्यस्तो नतिजा आउन सम्भव देखिँदैन। त्यो भन्दा बढी सम्भव विकल्पहरूमा नराम्ररी घाइते भए पनि इरान अझ शत्रुतापूर्ण बन्न सक्छ। जसले अप्रत्याशित रूपले जवाफी हमला गर्न सक्छ।

दोस्रो सम्भावना के छ भने वर्तमान सत्ता ढल्नेछ र त्यसपछि गृहयुद्ध हुनेछ। त्यतिबेला बाहिरिया शक्तिहरू यसमा प्रवेश गर्नेछन् या आतंकवादीहरूलाई आफ्नो गढ बनाउन मौका मिल्नेछ। यस्तो किसिमका जुनसुकै नतिजा आए पनि त्यसले अमेरिकालाई मध्यपूर्वको अर्को युद्धमा तान्ने जोखिम रहन्छ। जसमा स्थल सेनालाई पनि उतार्नुपर्ने हुनसक्छ।

इरानका विकल्पहरू र यो युद्धमा टिकिरहने अमेरिकाको शक्ति दुवै अनिश्चित छन्। त्यसकारण इजरायलको वर्तमान सफलता पनि नाजुक छ। नेतान्याहुको सरकार यतिबेला अनेकौँ मोर्चामा लडिरहेको छ। गाजामा, इरानमा र केही हदसम्म सिरिया, लेबनान, यमन र उसले कब्जा गरेको वेस्ट ब्यांकमा समेत। यी कुनै पनि युद्ध यसरी टुंग्याउने भन्ने स्पष्ट दृष्टिकोण इजरायलसँग छैन।

आफूलाई मध्यपूर्वको महशक्तिका रूपमा स्थापित गर्न इजरायलले निकै लामो बाटो हिँडेको छ। उसँग अघोषित आणविक हतियार छ र उसलाई अमेरिकाको समर्थन छ। तर, दीर्घकालमा एक करोड जनसंख्या भएको मुलुकले पचास करोड जनसंख्या भएको क्षेत्रमा प्रभुत्व कायम राखिराख्न सम्भव छैन।

इजरायलले अमेरिकाको सम्बन्धलाई लिएर पनि ठूलो जोखिम मोलिरहेको छ। गाजामा इजरायलको बर्बर युद्धले डेमोक्र्याटहरूमाझ उसको प्रतिष्ठा गिराएको छ। अमेरिकालाई अर्को दीर्घकालीन युद्धमा फसाएको दोष नेतन्याहुको सरकारलाई गयो भने दुवै दलले इजरायलविरुद्ध आक्रोश पोख्न थाल्ने छन् र त्यो लामो समय रहन सक्छ।

इरान, इजरायल र अमेरिकाले यो युद्धमा आआफ्नै तरिकाले जुवा खेलेका छन्। र, यी तीनै पक्षले हार्ने जोखिम छ।

फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com