ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव इरानको संसदबाट अनुमोदन


abc news

काठमाडौ ९ असार । इरानको संसद्ले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ । तर यसको कार्यान्वयन भने देशको सर्वोच्च राष्ट्रिय परिषद् र नेता आयतोल्लाह अली खामेनेईले गर्नुपर्छ ।

तत्काल यो मार्ग बन्द हुने सम्भावना कम रहे पनि विश्व अर्थतन्त्रमा त्रास फैलिएको छ । हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने बाटो हो । तेल उत्पादन गर्ने थुप्रै खाडी देशहरूले यो जलमार्ग प्रयोग गरेर तेल निर्यात गर्ने गर्छन् ।

इरानसहित साउदी अरेबिया, यूएई, कुवेत र इराकले आफ्नो तेल चीन, भारत, जापान, दक्षिण कोरियालगायतका देशमा निर्यात गर्न यही जलमार्ग प्रयोग गर्छन् । यो जलमार्ग प्रयोग गरेर विश्वको २० प्रतिशत तेल अन्तर्राष्ट्रिय बजारमा बेचिन्छ । यदि इरानले हर्मुज जलमार्ग बन्द गर्‍यो भने तेलको भाउ निकै बढ्नेछ ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलमार्ग बन्द गर्ने तयारीबाट इरानलाई रोक्न चीनसँग आग्रह गर्नुभएको छ । यो मार्ग बन्द हुँदा विश्व अर्थतन्त्र प्रभावित हुन सक्ने उहाँको भनाइ छ । हर्मुज जलमार्ग बन्द हुँदा अमेरिका प्रत्यक्ष प्रभावित हुँदैन तर चीन भने प्रत्यक्ष प्रभावित हुन्छ ।

चीनमा आयात हुने कच्चा तेलको ५० प्रतिशत यही बाटो भएर पुग्छ । चीनले इरानमा भएको आक्रमणको निन्दा गरे पनि जलडमरूमार्ग बन्दबारे कुनै स्पष्ट टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

नेपालगन्ज औद्योगिक क्षेत्रमा ठाउँ मात्रै ओगटेका ३ उद्योगलाई हटाउने तयारी

इराकको अल-कुटस्थित सपिङ मलमा भीषण आगलागी, कम्तीमा ६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com