ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग अमेरिकाको गुहार: इरानलाई ‘स्ट्रेट अफ होर्मुज’ बन्द गर्नबाट रोक


abc news
असार ९, २०८२ सोमबार  १ : ४३ बजे

काठमाडौ ९ असार । अमेरिकाले इरानलाई हर्मुजको जलडमरु स्ट्रेट अफ होर्मुज बन्द गर्नबाट रोक्न चीनसँग गुहार मागेको छ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले आइतबार फक्स न्युजलाई अन्तर्वार्ता दिने क्रममा इरानलाई फोन गरेर हर्मुजको जलडमरु बन्द नगर्न भन्न चीनसित अनुरोध गरेका हुन्।

हालै इरानको सरकारी च्यानल प्रेस टीभीले इरानको संसद्‌ले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ बन्द गर्ने योजनालाई अनुमोदन गरेको रिपोर्ट गरेको थियो। यद्यपि अन्तिम निर्णय अझै पनि सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को हातमा छ।

यसैबीच इरानका आणविक स्थलमा आक्रमण गरेको अमेरिका ‘स्ट्रेट अफ होर्मुज’ बन्द हुने चिन्तामा परेको हो।

आइतबार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘म चीन सरकारलाई भन्न चाहन्छु(यसबारे इरानसँग फोनमा कुरा गर। किनभने चीन पनि आफ्नो तेलका लागि हर्मुजको जलडमरुमा धेरै हदसम्म निर्भर छ।’

उनले अगाडि भनेका छन्, ‘यदि इरानले जलडमरु बन्द गर्‍यो भने यो उनीहरूका लागि आर्थिक आत्महत्याजस्तै हुनेछ। हामीसँग यसको सामना गर्ने विकल्प छन्। तर अन्य देशले पनि यसमा ध्यान दिनुपर्छ, किनकि यसले हामीभन्दा उनीहरूको आर्थिक अवस्थालाई बढी असर गर्नेछ।’

हर्मुजको जलडमरु विश्वभर ग्यास र तेलको आपूर्तिका लागि रणनीतिक रूपमा धेरै महत्त्वपूर्ण मार्ग मानिन्छ।

यसले मध्यपूर्वको तेल भण्डारवाला देशलाई एसिया, युरोप र उत्तरी अमेरिकालगायत विश्वका अन्य भागसँग जोड्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com