काठमाडौ ९ असार । निर्माणाधीन संसद् भवनको उपलब्धीबारे ३ दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले सहरी विकास मन्त्रालयलाई निर्माणाधीन संसद् भवनको उपलब्धी जानकारी गराउन निर्देशन दिएको हो।
समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै समिति सभापति ठाकुरप्रसाद गैरेले सहरी विकास मन्त्रालयलाई ३ दिनभित्र संसद् भवनको बारेमा भइरहेको भौतिक प्रगति र सांसदहरुले उठाएका प्रश्नको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन दिए। सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको बताए।
‘सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको छ,’ गैरेले भने, ‘पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई नै विषयवस्तु बनाएर यसका जानकारहरुसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धीमुलक नै हुन्छ। सहरी विकास मन्त्रालयलाई ३ दिनभित्र संसद् भवनको हामीले गरेका प्रश्नहरुको कार्यान्वयन के भएको छ भन्नेकुराको जानकारी दिन पत्राचार गर्ने।’
सभापति गैरेले पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई विषयवस्तु बनाएर जानकारहरुसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धीमुलक हुने जिकिर गरे।








प्रतिक्रिया दिनुहोस्