काठमाडौं, १५ चैत । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै संयुक्त सदनलाई सम्बोधन गर्दै गर्दा उनको छेऊमा उपराष्ट्रपति पुनलाई पनि संगै रोष्ट्रममा देखियो ।
अघिल्ला वर्षहरुमा अन्य सांसदहरुसँगै दर्शक दिर्घामा राख्ने गरिएका उपराष्ट्रपति यसपटक भने राष्ट्रपति, सभामुख र राष्ट्रियसभाका अध्यक्षसँगै रोष्ट्रममा थिए।
यसबारे बुझ्दा संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यसअघि उपराष्ट्रपतिलाई दर्शकदिर्घामा राख्ने चलन रहेकामा आलोचना भएपछि यसवर्षदेखि रोष्ट्रममै राख्न थालिएको जानकारी दिए।
उपराष्ट्रपति मर्यादाक्रममा दोस्रो स्थानमा रहे पनि दर्शकदिर्घामा सांसदहरुसँगै राख्ने व्यवस्था गरिँदा सार्वजनिक रुपमा संसद सचिवालयको आलोचना हुने गरेको थियो । रोष्ट्रमको बदलिएको रुप त्यसैकारणले हो ।
प्रतिक्रिया दिनुहोस्