काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गर्नुभयो ।
उहाँले सुखी र समृद्ध नेपाल अबको लक्ष्य हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र थेगोमात्र नभएर जीवनपद्धति भएको र मानिसको जीवनमा परिवर्तन नल्याए यसको कुनै अर्थ नरहने उल्लेख गर्दै राष्ट्रपतिले भन्नुभयो, ‘जनचाहना र आवश्यकताको सम्बोधन गर्न हामीले निष्ठापूर्वक कर्तव्य पालना गर्नुपर्छ, देश र जनताको सर्वोपरि हित नै हाम्रो लक्ष्य हुनुपर्छ।’
त्यस्तै उहाँले समतामूलक, समाजवाद उन्मुख र सम्बृद्ध तथा लोकतान्त्रिक नेपालको स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ।
निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्