काठमाडौं, १५ चैत । नेपालमा भारतीय रेल गुड्ने भएको छ । भारतले जयनगर-बर्दिबास, जोगबनी, विराटनगर, नैतनवा, भैरहवा, रुपेडिया, नेपालगन्ज र जलपाइगुरी, काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि बढाएको हो ।
यी पाँच मार्गमध्ये नेपाल सरकारले बर्दिबासमम्म आउने भारतीय रेललाई सर्लाहीको लालबन्दीसम्म ल्याउन तथा जोगवनी, विराटनगरमा ट्रयाक निर्माणको कामलाई तीब्रता दिइरहेको भारतीय रेल मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि वारम्बार नेपालमा रेल गुडाएै छाड्ने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सपना अब चाँडै पूरा हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्