ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरीकला मृत्यु प्रकरणका तीन अभियुक्त सार्वजनिक, यस्तो दिए अभियुक्तले बयान


admin

सुर्खेत, १४ चैत।  पञ्चपुरी नगरपालिका विद्याज्योति मावि बाबियाचौर सुर्खेतबाट माध्यमिक शिक्षा परीक्षा दिइरहेकी १८ वर्षीया गोरीकला रोकायको मृत्युको घटनामा संलग्न तीन अभियुक्तलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

अभियुक्तमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी भई इलाका प्रहरीका कार्यालय बाबियाचौर सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी जवान २८ वर्षीय हरि कोइराला, पञ्चपुरी नगरपालिका–८ बाँझीगाउँका २० वर्षीय लक्ष्मीप्रसाद बास्तोला र २८ वर्षीय खुमप्रसाद बास्तोला रहेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

शंकाका आधारमा प्रहरीले अनुसन्धानका लागि मंगलबार तीनसहित आठ जनालाई अनुसन्धानका लागि लगेको थियो । मङ्गलबार नै प्रहरीले घटनास्थलबाट यामाहा कम्पनीको भे ६ प ३४५१ नंको मोटरसाइकल, पाँच थान मोबाइल, मोटरसाइकल चालक लक्ष्मीप्रसाद अधिकारीको रातो दाग लागेको सेतो कमिज, खैरो प्रकारको प्यान्टस र मृतकको चप्पल दसीका रुपमा बरामद गरेको थियो ।
त्यही दसीका आधारमा ट्राफिक प्रहरी कोइराला र बास्तोला दाजुभाइमाथि प्रारम्भिक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक चतुर्वेदीले जनाउनुभयो । “मोबाइलको कल रेकर्डले १२ गते राति १२ः०० बजेसम्म लक्ष्मीप्रसाद बास्तोला र गोरीकलाबीच फोन सम्पर्क भएको र त्यसपछि राति १ः१५ बजेतिर घटना भएको बुझाउँछ”, उहाँले भन्नुभयो ।

शव परीक्षण नभएकाले सबै कुरा अहिले भन्न नसकिने उहाँको भनाइ छ । प्रहरीका अनुसार ट्राफिक प्रहरी कोइरालाले शारीरिक सम्बन्ध राख्नका लागि केटी मिलाइदिन आफूलाई आग्रह गरेकाले गोरीकलालाई भेटाइदिएको बयान लक्ष्मीप्रसादले दिएका छन् । त्यसपछि उनीहरू जंगलमा गएर मदिरा खाएको र फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएपछि उनकै डेरामा लिएर छाड्दा मृत्यु भएको भन्ने बयान दिएको बताइएको छ ।

मृतकका बुबा कालो रोकायले कर्तव्य ज्यान र जबर्जस्ती करणीको जाहेरी निवेदन दिनुभएको छ । सोहीअनुसार आरोपितहरूमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पञ्चपुरी नगरपालिका–३ चौरगाउँ निवासी रोकाया यही चैत ८ गतेदेखि पञ्चपुरी –५ का मीनबहादुर रावलको घरमा डेरा लिएर बस्दै आएकी थिइन् । सूर्यप्रकाश मावि पलैंटेमा अध्ययनरत रोकायको शव परीक्षणका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com