काठमाठौ १ असार । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ४ पासिकोटमा एक भारतीय नागरिक र नेपाली महिला मृत फेला परेका छन्।
थ्री–स्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको साढे २ तले घरमा भारतको पञ्जाब चन्डिगढ घर भएका वर्ष अन्दाजी ५४ को परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका ६ घर भइ हाल सोही घरमा काम गरी बस्ने वर्ष अन्दाजी २८ कि अन्जना तामाङ मृत फेला परेका प्रहरीले जनाएको छ।
भारतीय नागरिक गिलले भाडामा लिएको उक्त घरको पहिलो तलाको बिचको कोठाभित्र अन्जना र गिल मृत अवस्थामा फेला परेको खबर पाएपछि तत्काल प्रहरी टोली पुगेको थियो।
त्यसक्रममा अन्जना तामाङ उक्त कोठाको सोफा माथि मृत अवस्थामा रहेको र उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ। परमनारायण गिल उक्त कोठाको भुईंमा मृत अवस्थामा रहेकोमा उनको घाउचोट नदेखिएको र घटनास्थल नजिकै फलामको ह्यामर फेला पारेको थियो।
जेठ ३० गते भएको उक्त घटनामा घटनास्थलमा सेल्फोस नामक विषादी समेत फेला परेको प्रहरीको भनाई छ।
प्रतिक्रिया दिनुहोस्