ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो


abc news

काठमाठौ १ असार । बागमती प्रदेशमा रहेका दुई सत्तारुढ दलहरुबीच बजेटका बिषयमा विवाद सिर्जना भएपछि बजेट भाषणको समय सारिएको छ।

आइतबार आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा साँझ ६ः३० बजे सम्मका लागि स्थगित गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ।

सचिवालयले सार्वजनिक गरेको सूचनामा विविध कारणबस बजेट भाषणको समय सारिएको जानकारी दिइएको हो।

बजेट कति ल्याउनेरु भन्ने विषयमै सरकारमा रहेका दुई दलबीच सहमती नजुट्दा समय सारिएको नेकपा एमालेका एक सांसदले बताए।

उनका अनुसार एमालेले ६६ अर्ब भन्दा बढीको बजेट ल्याउन नहुने बताइरहँदा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्बको बजेट बनाएको ती सांसदको आरोप छ।

सरकारमा सहभागी दुई दलकै कुरा नमिल्दा बागमतीको बजेट भाषण अन्यौलमा परेको हो। यसअघि राजश्वदर कमजोर रहेको भन्दै आगमी आर्थिक वर्षको बजेटको आकार घटाउन पर्ने सरकारको निष्कर्ष थियो।

जसअनुसार जबम ५५ अर्ब रुपैँयामात्रैको सिलिङ तोकेकोमा ७२ अर्ब भन्दा बढीको बजेट बनाएको चर्चाका बीच एमालेले आपत्ति जनाएको हो।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले कांग्रेसका हुन्। कांग्रेस नेतृत्वकै सरकार रहेको बागमतीमा मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री काफ्लेको सहमतीमा बजेटको आकार बढाएको आरोप एमालेले लगाएको छ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि ६५ अर्ब भन्दा बढीको बजेट ल्याउन नहुने सुझाव दिएको माओवादी बागमती संसदीय दलका सचेतक रत्न प्रसाद ढकाल बताउँछन्।

बजेटको आकार बढाउने विषयमा माओवादी केन्द्रले समेत आपत्ति जनाएको उनको भनाइ छ। वित्तिय अनुशासनमा रहनुपर्ने भन्दै माओवादी केन्द्रले राजश्व संकलन कमजोर रहेको अवस्थामा बजेट नबढाउन सुझाव दिइएको थियो।

विपक्षी दलले दिएको सुझाव अटेर गरेर बजेट ल्याए बजेटलाई समर्थन गरेर जान नसकिने सचेतक ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com