ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी गोल्डकप : विभागिय टिम एपिएफ लाई पराजित गर्दै सुनौलो संगम अन्तिम चारमा


sharan sharan
चैत्र १३, २०७४ मंगलबार  ९ : २३ बजे

बुटवल, १३ चैत्र ।
विभागिय टिम एपिएफ क्लवलाई टाईबेकरमा पराजित गर्दै घरेलु टिम सुनौलो संगम क्लव बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा विभागिय टिम एपिएफलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै सुनौलो संगम अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित सयमको खेल २–२ को बराबरीमा सकिएको थियो । थप गरिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाईबेकरमा धकलिएको थियो ।त्यस अघि पहिलो हाफमा एफएफीले अग्रता बनाएको थियो । खेलको ४३ औं मिनेटमा युवराज खड्काले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको सुनौलो संगम दोस्रो हाफमा भने केही सुधारिएको खेल खेलेको थियो । खेलको ५४ औं मिनेटमा सुनौलो संगमका अमृत गुरुङले गोल गर्दै टिमलाई १–१ को स्थितीमा पुराएका थिए । बराबरी भएपछि निकै प्रतिस्पर्धात्मक खेलमा एफपिएफका लागि खेलको ६७ औं मिनेटमा पुनः युवराज खड्काले गोल गर्दै टिमलाई २–१ को स्थितीमा पुराए । तर त्यसको ७ मिनेटमै सुनौलो संगमका आशिस गुरुङले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २–२ को स्थितीमा पुराए । निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेटको समय थप गरिएको थियो । सो समयमा थप गोल नभएपछि खेल टाईबेकरमा गएको थियो ।
प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद १ लाख प्राप्त गर्नेछन । त्यसैगरी सर्वोउत्कृष्ट खेलाडिल मोटरसाईकल प्राप्त गर्ने आयोजकको भनाई छ । उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्ति खेलाडिले नगद २१÷२१ हजार प्राप्त गर्ने आयोजकको भनाई छ । १ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत चैत १४ गते ए डिभिजन क्लव थ्रि स्टार क्लव र विदेशी टिम हिमालय मलेसियाका बीच ३ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com