काठमाडौ १९ जेठ । यातायात व्यवसायीको बन्दको काराण पोखरामा अलपत्र परेका यात्रुलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको छ।
व्यवसायीले गाडी नचलाउँदा पोखरामा रोकिएका यात्रुलाई १७ वटा बसमा सोमबार प्रहरीले गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
सोमबार बिहान सवा १० बजे डीएसपी बस्नेतको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक रमेश कँडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले गाडी स्कर्टिङ गरेर गन्तव्यतर्फ लगेको हो।
गन्तव्यतर्फ जान नपाएका पाँचसय ६४ जना पर्यटकलाई काठमाडौँका लागि १४ वटा सवारी साधन र पोखराबाट नारायणगढको लागि ३ वटा गरी १७ वटा सवारी साधनमा पठाइएको हो।








प्रतिक्रिया दिनुहोस्