काठमाडौ १९ जेठ । सत्तारुढ नेपाली कांग्रेसले राजावादीहरुको आन्दोनलबारे छलफल गर्दै असंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित भएको बताएको छ।
सोमबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आयोजित पदाधिकारी र पूर्वपदाधिकारी बैकठले राजावादी आन्दोलनबारे छलफल गरेको हो।
‘यो संविधान कसैले दिएको संविधान होइन, आफ्ना प्रतिनिधिहरुले निर्माण गरेको संविधान भएको हुनाले यसको रक्षा गर्ने जिम्मेवारी हाम्रो हुन्छ,’ बैठकबारे जानकारी गराउँदै प्रवक्ता प्रकाशशरण महतले भने, ‘सुधार गर्ने लगायतका कुराहरु जनप्रतिनिधिबाटै गर्नुपर्छ। संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित हो।’
यसबारे अब छिट्टै बस्ने केन्दीय समिति बैठकमा समेत छलफल हुने महतले जानकारी दिए। त्यस्तै बैठकमा भ्रातृ संगठनहरुको अधिवेशनबारे समेत छलफल भएको थियो। चैत मसान्तसम्म अधिवेशन गर्ने समय दिएको भए पनि त्यो हुन नसकेको भन्दै आउने केन्द्रीय समिति बैठकअघि नै यसबारे छलफल गरेर टुंगोमा पुग्ने बताए।








प्रतिक्रिया दिनुहोस्