काठमाडौ १९ जेठ । इजरायलका विदेशमन्त्री गिदोन सारले अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा भएको घटना यहुदी विरोध भन्दै आपत्ति जनाएका छन् । यो घटनाबाट निकै आश्चर्यचकित र दुखित भएको बताउँदै उनले यसलाई यहुदी विरोधी हमलाको संज्ञा दिएका हुन् ।
गिदोन सारले आफ्नो एक्स एकाउन्टमा लेखेका छन्, ‘कोलोराडोको बोल्डरमा यहुदीहरूलाई लक्षित गरेर गरिएको यो हमला निकै दुखद र पूर्ण रूपमा यहुदी विरोधी हो।’
उनले थपे, ‘म यस हमलामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य लाभको कामना गर्दछु।’ गिदोन सारले मिडियामा फैलिएको झूट र गलत सूचनाहरूले यस्तो घृणालाई बढावा दिएको बताए।
उनले अमेरिकामा रहेका इजरायली राजदूत र लस एन्जलसस्थित महावाणिज्य दूतावाससँग पनि यो विषयमा कुरा गरेको जानकारी दिएका छन् । यसैबीच, अमेरिकी अनुसन्धान निकाय एफबीआईले उक्त घटनालाई आतङ्कवादी हमलाको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । यद्यपि प्रहरीका अनुसार यो घटनालाई अहिलेसम्म आतङ्कवादी हमला भनी वर्गीकृत गरिसकिएको छैन ।








प्रतिक्रिया दिनुहोस्