काठमाडौ १९ जेठ । नेपाल प्रहरीले राइड शेयरिङमार्फत यात्रुहरुमाथि ठगी भइरहेको भन्दै सचेत हुन आह्वान गरेको छ।
नेपाल प्रहरीले आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न राइड शेयरिङ एपमार्फत यात्रुहरुसँग बढी भाडा असुल गर्ने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरु आइरहेको जनाएको हो।
‘विभिन्न राइड शेयरिङ एपमार्फत यात्रुहरुलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौँ,’ प्रहरीले भनेको छ।
यात्रुसँग बढी भाडा असुल्ने ८ जना इन ड्राइभ चालकमाथि कारबाही
यसैबीच यात्रुसँग बढी भाडा असुलेको आरोपमा कास्की प्रहरीले आठजना इन ड्राइभ चालकलाई पक्राउ गरेर कारबाहीसमेत गरेको छ।









प्रतिक्रिया दिनुहोस्