काठमाडौ १९ जेठ । कोसी प्रदेशका सबै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना हुने भएको छ।
कोसी प्रदेश सरकारको सोमबार बिहान बसेको बैठकले कोसीका १४ वटै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्री स्तरिय निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा पुर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयहरुलाई एकिकृत गरी १४ वटै जिल्लामा राख्ने प्रस्ताव पेश गरेका थिए।
मन्त्री राईको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को बैठकले पनि निर्णय गरे सँगै अब भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी पुर्वाधार विकास कार्यलय स्थापना हुने निश्चित भएको मन्त्री राईले जानकारी दिएका छन्।








प्रतिक्रिया दिनुहोस्