ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी कुटनितिज्ञ प्रमुखलाई बोलाएर प्रधानमन्त्रीले भने- नेपालप्रति अब समान व्यवहार होस्


admin

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर नेपाल स्थायी राजनीतिक युगमा प्रवेश गरेकाले सोही अनुरुपको व्यवहार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

विदेशी कूटनीतिक नियोगका प्रमुख र विभिन्न देशका राजदूतलाई देशको समसामयिक अवस्थाबारे बिफ्रिङ गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

जनताका प्रतिनिधिले लेखेको संविधान अनुसार जनताकै मतबाट चुनिएका प्रतिनिधिको सरकार गठन भएको भन्दै प्रधानमन्त्री ओलीले अन्य देशबाट पनि सोही अनुरुपको व्यवहार र सहयोगका लागि आग्रह गरेका छन्।

सोही क्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारका ६ प्राथमिकता पनि सुनाएका छन् । सम्बृद्ध नेपाल र खुसी नेपाली सरकारको लक्ष्य रहेको भन्दै उनले आफ्नो सरकारका ६ प्राथमिकता बताए । जसमा सार्वभौमसत्ता, लोकतन्त्रप्रति प्रतिवद्ध, सामाजिक न्याय र समानता, स्थिरता, सुशासन र जनताको आकांक्षा सम्बोधन रहेका छन् ।

प्रधानमनत्री ओलीले सरकारको पहिलो प्राथमिकता सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितहरुको संरक्षण भएको बताए ।

नेपाल कुनै पनि बाहृय देशको उपनिवेश नरहेको र सार्बभौमसत्ताको आफ्नो इतिहास रहेको भन्दै उनले भने, यो सरकार राष्ट्रिय हितहरुको संरक्षण गर्न प्रतिवद्ध छ । यसमा कुनै सम्झौता हुँदैन ।’

कूटनीतिज्ञहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिवद्ध रहेको बताए ।

लोकतन्त्रका लागि आफूहरुले लामो राजनीतिक संघर्ष गरेको भन्दै स्थिरता र विकास सरकारको प्राथमिकतामा रहेको बताए । उनले त्यसलाई खलल पुर्‍याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो समाजमा हिंसाका लागि कुनै स्थान छैन ।’

ओलीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालका साथै अर्थमन्त्री युवराज खतिवडालाई साथमा राखेर सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com