ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए दक्षिण अष्ट्रेलिया राज्य संयोजक पदमा थिर गुरुङको उम्मेदवारी घोषणा


एबीसी न्यूज
जेष्ठ १९, २०८२ सोमबार  ८ : ३१ बजे

अस्ट्रेलिया, १९ जेठ । दक्षिण अष्ट्रेलियामा बसोबास गरिरहेका लामो समयदेखि सामाजिक सेवामा सक्रिय थिर गुरुङले आउँदो जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा राज्य संयोजक पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। १८ वर्षदेखि अष्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका छन्।

उनले पारदर्शिता, जवाफदेहिता, र समावेशीताको मूलमन्त्रका साथ नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी भन्छन्, “एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबैको साझा घर हो।” गुरुङको प्राथमिकतामा सामुदायिक हल स्थापनाका लागि पहल, दोस्रो पुस्ताका बालबालिकाको प्रतिभा उजागर गर्ने कार्यक्रम, विद्यार्थी सहयोग, आपतकालीन सहायता, तथा नेपाली खेलकुद र व्यवसायिक क्षेत्रसँग सहकार्यजस्ता कार्यसूची छन्।

साथै, उनले एनआरएनएको गतिविधि र इतिहासलाई समेट्ने पुस्तक प्रकाशन गर्ने योजनासमेत प्रस्तुत गरेका छन्।“पद भनेको सेवाको माध्यम हो, नेतृत्व भनेको सहकार्य र विश्वास हो,” भन्दै उनले सबैलाई एकताबद्ध भएर नेपाली समुदायको हितका लागि काम गर्न आह्वान गरेका छन्। गुरुङ हाल एनआरएनए अस्ट्रेलियाका वर्तमान कार्यसमितिका सचिव समेत हुन्।गुरुङले दक्षिण अष्ट्रेलियावासी सबै नेपालीहरूको साथ, समर्थन र विश्वासको अपेक्षा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com