ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शनिबारदेखि विराट गोल्ड कप शुरु


admin
चैत्र १३, २०७४ मंगलबार  ३ : ०३ बजे

विराटनगर १३ चैत । आउँदो शनिबारदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।

मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ । शहीद रंगशालाको मैदानलाई प्रकाशमय बनाउने कार्य हुँदैछ ।

फलामको खम्बा महँगो पर्ने भएकाले सोको विकल्पमा बाँसका खम्बामा सौर्य ऊर्जा जडान गर्न भारतको कोलकाताका साथै विराटनगरका प्राविधिक निरन्तर रुपमा लागिरहेको विराट गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालसहित चार मुलुकका १० वटा टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा काठमाडौँका मनाङ–मस्र्यादी, थ्रि–स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, सशस्त्र प्रहरी टिमका साथै मोरङ र झापा –११ को टिम नेपालतर्फ बाट सहभागिता रहने छ ।

यसका साथै विदेशी टिममा भुटानको थिम्फु– ११, भारतको मोहम्मद स्पोर्टिङ क्लब, कोलकाता टिम र बंगलादेशको स्पोर्टिङ क्लब छन् । सो प्रतियोगितामा अनुमानित रु एक करोड खर्च हुने आयोजक समितिका संंयोजक रिजालले जानकारी दिनुभयो ।

सो प्रतियोगिताको विजेता टोलीलाई शिल्डसहित रु १२ लाख ७१ हजार तथा उपविजेता टोलीलाई रु पाँच लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसका साथै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजार तथा ‘म्यान आफ दि सिरिज’ घोषित खेलाडीका लागि शिल्ड र मोटरसाइकलको पुरस्कार व्यवस्था गरिनेछ ।

त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक र फेयर प्ले टिमका लागि पनि पुरस्कार व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com