काठमाडौ १७ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ मा कालीखोलाको डाइभर्सन बाढीले बगाएपछि वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ।
निर्माणाधीन एसिया हाइवेको कालीखोलामा बनाइएको डाइभर्सन बिहान खोलाले बगाएको हो।
केही बेर राजमार्ग बन्द भए पनि अहिले वैकल्पिक बाटोबाट सवारीसाधन सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारीसाधनलाई अहिले शान्ति गाउँ वडा कार्यालय हुँदै काँकडभिट्टा बसपार्क आउजाउ हुने व्यवस्था मिलाइएको जानकारी प्रहरीले दिएको छ।







प्रतिक्रिया दिनुहोस्