काठमाडौ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना कर्मचारीप्रिति प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको टिप्पणी गरेका छन्।
कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको ‘हाफ म्याराथुन’ शुभारम्भपछि सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग ९बटमलाइन० राखेर सदन अवरोध गर्न नहुने जिकिर गरे।
‘म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधारचाहिँ चाहिन्छ। गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो। बयान लिएको सुनेको छैन। प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्नु पर्दैन।’
उनले थपे, ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआईबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन, त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौँ ३५ मिलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।’
उनले बच्चाहरूले झोला वा खेलौनौ हात्ती किनिदेऊ भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेऊ भन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए।







प्रतिक्रिया दिनुहोस्