काठमाडौ १६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारीसाधनको कर नबढाएर ठीक गरेको बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित बजेटबारेको अन्तर्क्रियामा उनले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन्।
उनले भने, ‘ईभीमा कर नबढाएर ठीक गरेँ भन्ने लाग्छ।’
बजेटअघि अटो व्यवसायीहरुले सरकारले नयाँ बजेटमार्फत ईभीको कर बढ्न सक्ने भन्दै आयात तीव्र पारेका थिए। तर उनीहरुले सोचेजस्तो भएन। ईभीको कर यथावत् नै राखिएको छ।







प्रतिक्रिया दिनुहोस्